नेभिगेशन
जीवनयापन

चुनाव लड्न कसैको बैसाखी चाँहिँदैन : यादव

राजविराज - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूलाई आगामी चुनावमा एक भएर जान प्रस्ताव गरेका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले बिगतको गल्तीको समीक्षा गर्दै सुधार गरेर आए लोसपालाई सँगै लैजान तयार रहेको बताएका छन् । ‘मधेसी मधेसी माला जपेर हुँदैन, मधेसको सवालमा स्ट्याण्डमा रहन सक्नु पर्छ,’ अध्यक्ष यादवले भने, ‘गल्तीको समीक्षा गरौं, सुधार गरेर आउनुस्, सँगै लैजान तयार छौं, सबै अटाउन सक्छौं तर समीक्षा गरौं ।’ अध्यक्ष यादवले आफूहरूका लागि चुनाव लड्न कुनै गठबन्धनको बैसाखीको सहारा नचाहिएको पनि चेतावनी दिएका थिए । ‘संघीयता,गणतन्त्र, समावेशिता रक्षाका लागि सहकार्य गरेर जान तयार छौं । गठबन्धनका नाममा बेइमानी र अन्याय भए जसपा एक्लै झण्डा उठाएर चुनाव लड्न तयार छ, चुनाव लड्न जसपालाई कसैको बैसाखीको जरुरी छैन ।’ कार्यक्रममा जसपाका कार्यकारिणी समिति सदस्य तथा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, प्रवक्ता मनिषकुमार सुमन, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव, संविधानसभा सदस्य रन्जु ठाकुर र प्रदेश सासंद विन्देश्वरप्रसाद यादव बिक्की लगायत वक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको निवर्तमान प्रमुख प्रभाकर यादवसहितका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै