नेभिगेशन
जीवनयापन

काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छ : भण्डारी

काठमाडौं - सत्तारुढ नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरू नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताए । उनले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए । उनले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ । उनले भने, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरू छन् । ती सबै युवाहरू टाउको बन्ने की पुच्छर बन्ने भन्ने कुरामा अलमलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन्, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरू प्रवेश गरिरहेको छ । यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ । के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौँ ? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरूबाट चल्न सक्दैन । उहाँहरू सत्ताको केसीमा सफल हुन सक्नुभएन । भोलिका दिनमा उहाँहरूको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन । काँग्रेसभित्र परिवर्तनको खाँचो छ । नयाँ नेतृत्वको पनि खाँचो छ ।’ नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे । उनले देशका १८ वर्षभन्दा माथिका युवाहरू विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै