जनावर पाल्नाले रक्तचाप घट्छ
घरपालुवा जनावरहरु प्रायःजसो सौखको रुपमा पालिन्छ । तर यसले शरीरका विभिन्न रोगहरुमा समेत फाइदा गर्ने कुरा विज्ञहरु बताउँछन् । क्याम्ब्रिज युनिभर्सिटीका अनुसार घरपालुवा जनावरहरु पालेको केही महिनाभित्रै पाको उमेरका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या जस्तै कब्जियत, अपच, रुघाखोकी, एन्जाइटी, ढाड र टाउको दुखाइ आदि न्यून भएको पाइयो ।
उनीहरुका अनुसार पशुपालन गर्ने र यससँग समय बिताउनाले ५० प्रतिशत दुखाई र दर्दहरु कम हुन्छ । दुखाई मात्र होइन यसले उच्च रक्तचाप तथा कोलेस्टेरोलसमेत घटाउने हुँदा सम्भावित मुटु रोगको खतराबाट समेत बचाउँछ ।
जनावरहरुसित रमाउने पाका मान्छेहरु अरुको तुलनामा कमै मात्र अस्पताल जाने तथ्य पनि क्याम्ब्रिज युनिभर्सिटीले पत्ता लगाएको छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्