Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको नयाँ प्रधानन्यायाधीशमा उदय उमेश ललित नियुक्त

बिहीबार, मंसिर ८, २०७९
नयाँ दिल्ली– भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन्  । ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नु भएको छ । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । भण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५५
प्रतिक्रिया दिनुहोस्