Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकाशलाई समर्थन गर्दा दिनेश र दीपकको फेसबुक वार

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–आफ्नो फिल्मलाई मर्का पर्दा बोल्ने र अरुको फिल्मलाई मर्का पर्दा नबोल्ने चलन नेपाली फिल्ममा पुरानै हो । आफ्नो फिल्मलाई समस्या पर्दा अरुले सहयोग नगरेपछि रोइकराई गर्ने गरेको नदेखिएको होइन । गतशुक्रबारदेखि रिलिज भएको फिल्म ‘प्रकाश’ले कम हल पाएको भन्दै नायक प्रदीप खड्काले पत्रकार सम्मेलन नै गरेर आक्रोश पोखे । उनको यो आक्रोशकै कारण फिल्मले शनिबार शुक्रबारभन्दा बढी शो पायो । शनिबार अधिकांश हल हाउसफूल नै भए । प्रदीपलाई ती हल पुग्न भ्याईनभ्याई नै भयो । प्रदीप हलमा पुगिरहँदा सामाजिक सञ्जालमा फिल्मप्रति दर्शकको चासो बढेको समाचार आइरहेका थिए । अधिकांश हल हाउसफूल भएको समाचार प्रमुख अनलाइनदेखि अन्य अनलाइनले पनि पोस्ट गरिरहेका थिए । यही माहौलमा कलाकार दीपकराज गिरी र निर्देशक झरना थापाले ‘प्रकाश’लाई कटाक्ष गर्दै स्टाटस नै लेखे । दीपकराजले ‘अरुलाई पनि पर्दा बोल्ने गर, आफूलाई पर्दा त बाख्रा पनि कराउँछ’ भनेर स्टाटस लेखे । दीपकराजका गुरु दिनेश डीसीले नायक खड्कालाई समर्थन गरे । क्यानडा नेपालको समाचारलाई शेयर गर्दै दिनेशले ‘बाघ र बाख्राको आवाज बिचको फरक आज दर्शकले नै छुट्याइदिनुभएछ । प्रदीप तपाइले खेल्न इन्कार गरेका २ फिल्मका निर्माताहरुको डाहायुक्त स्टाटस देखेँ । आफ्नो प्रतिभाको प्रयोग गर्नेसँग काम गर्नैपर्छ तर प्रतिभा र नामको प्रयोग मात्र गर्न खोज्नेबाट परै बस्नु राम्रो । नगरपालिकाको वडा सदस्य हुनु भन्दा गाउँपालिकाको अध्यक्ष हुनु राम्रो । तिमी लिड गर्न नै जन्मिएका हौं ।’ भन्दै स्टाटस नै लेखे । यसमा प्रतिक्रिया दिदै दीपकले ‘हरेक फिल्मलाई यस्तै साथ दिने बानी बसोस् हाम्रो ।’ भन्दा दिनेशले ‘तिमीले मलाई सिकाउन पर्दैन ।’ भन्दै जवाफ फर्काए । दीपक र दीपाको समूहले निर्माण गरेको पहिलो फिल्म ‘छ एकान छ’ को निर्देशन दिनेश डिसी नै हुन् । गुरु दक्षिणाको रुपमा मानेर यो फिल्म दिनेशलाई निर्देशन गर्न दिए पनि पहिलो फिल्मबाटै आन्तरिक रुपमा उनीहरुको खटपट भएको खबरले फिल्म क्षेत्र गर्माएको थियो । त्यसयता उनीहरुले कुनै पनि फिल्ममा सहकार्य गरेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०८
प्रतिक्रिया दिनुहोस्