नेभिगेशन
जीवनयापन

नारायणटारमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा प्रहरी हवल्दारको मृत्यु, तीनजना घाइते

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जानएको छ । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेका थिए । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडि जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र मोटरसाइकलमा पछाडि सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै