नेभिगेशन
जीवनयापन

गोविन्द केसीद्वारा भाद्र २७ गतेबाट अनशन बस्ने चेतावनी

काठमाडौँ– डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पुरा नभए भाद्र २७ गतेदेखि अनशन सुरु गर्ने चेतावनी दिएका छन् आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरु चालेको भन्दै यस क्षेत्रको सुधारका लागि आफुले अघि सारेका ६ बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् । उनले बिभिन्न बिषयमा आफुहरुले सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएकाले अव धैर्य गर्न सक्ने अवस्थामा नरहेको बताए । केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउनुपर्ने माग गरेका छन्। त्यस्तै उनले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने बताए । आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गर्नुपर्ने लगाएतमा माग अघि सारिएको उनले बताए । उनले विधुतिय गाडीहरुको विस्तृत प्रयोग र विस्ताका लागि प्राथमिकताका साथ अविलम्व कानूनी व्यवस्था गर्न पनि माग गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै