नेभिगेशन
जीवनयापन

पश्चिम रुकुमको पहिरो जाँदा ३ जना बेपत्ता

काठमाडौँ– पश्चिम रुकुमको आसबीसकोट नगरपालिकाको पिपलचौरमा पहिरो जाँदा ३ जना बेपत्ता भएका छन् । पहिरोमा परी भेरी नगरपालिका एक मइदेवीकी ३५ वर्षीय बालमती राना र उहाँका ५ र दुई वर्षका दुई छोरी बेपत्ता भएको नलगाढ नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तले जानकारी दिए । अत्यधिक वर्ष भएपछि छोटेतारा सामुदायिक वन उपभोक्ता समूहको भवनमा ओत लाग्ने क्रममा पहिरो गएपछि उनीहरू बेपत्ता भएका छन् । अन्य दुई जनाले भागेर ज्यान जोगाएका छन् । पहिरोका कारण स्थानीय मनु जैसीको घर, जङ्गे कामीको आरा उद्योग र मिल, छोटेतारा सामुदायिक वन उपभोक्ता समूहको भवन पूर्ण रुपमा क्षति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै