Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्या विरुद्धको तेस्रो खेलमा नेपाल चार विकेटले विजयी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– घरेलु टोली केन्या विरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । केन्याका भिराज पटेल र युगिनी ओचिङले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इर्फान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौथो टी(ट्वान्टी भोलि सोमबार हुनेछ । यस्तै पाँचौँ तथा अन्तिम टी–ट्वान्टी मङ्गलवार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्