मुस्कुराउने बानी पनि सफलताको सूत्र बन्नसक्छ
मुस्कुराएको सबैलाई मनपर्छ । हँसिलो मुहार सबैलार्ई राम्रो लाग्छ । ठुस्स परेको अनुहार कसैलाई पनि मनपर्दैन । त्यसैले कसैसँग पनि कुरा गर्दा हाँसेर वा मुहार उज्यालो पारेर कुरा गर्नुपर्छ । मुस्कुराएर कुरा गर्ने गरेर धेरैभन्दा धेरै साथी बनाउन सकिन्छ ।
अतः कसैसँग आँखा जुधेपछि केही बोल्नु अगाडि, मुसुक्क हाँस्नुपर्छ । यसो गर्दा राम्रो वातावरण बन्छ र ऊ पनि हाँसेर प्रस्तुत हुन्छ । हामीले समयमै आफ्नो अनुकूल वातावरण तयार गर्न सकेनौं भने, अर्काे व्यक्तिले वातावरण तयार गर्नेछ । जुन उसको अनुकुल हुनेछ ।
दुईजनाको भेटमा जो पहिले मुस्कुराउँछ, वातावरण उसको पक्षमा बन्छ । केही बोल्नुअघि मुस्कुराउनुपर्छ । यसरी कुरा गर्नुअघि नै मित्रतापूर्ण पृष्ठभूमि तयार हुन्छ । हाम्रो बोल्ने शैली, हाम्रो अनुहारको भावमा पनि ध्यान पु¥याउनु जरुरी छ । कारण अनुहारबाट मनको विचार प्रतिविम्बित भइरहेको हुन्छ ।
भेटको समय कुनै कलाकारजस्तै मुस्कुराउने बानीको विकास गरौँ । यसो भन्दैमा शोक, दुःखको वातावरण मुस्कुराउनु हुँदैन । परिस्थितिअनुुसार अनुहारमा भाव ल्याउनुपर्छ ।
साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२५
प्रतिक्रिया दिनुहोस्