Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्र शाही भन्छन् – प्रकाशले देशविदेशमा जुम्लालाई चिनाएको छ

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– दिनेश राउत निर्देशित ‘प्रकाश’को सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । जुम्लाकै परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा बोकेको फिल्ममा अभिनेता प्रदीप खड्काले जुम्ली युवाको अभिनय गरेका छन् । हालैमात्र सामाजिक अभियन्ता तथा युवा नेता ज्ञानेन्द्र शाहीले यो फिल्म हेरेका थिए । जुम्ला स्थायी घर भएका शाहीले ‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको बताए । ‘यतिबेला ‘प्रकाश’ र जुम्ला एक अर्काका पर्यायवाची बनेको छ’, उनले भने, ‘‘प्रकाश’ले देश विदेशमा जुम्लालाई चिनाएको छ । यसले जुम्लाको पर्यटनलाई पनि अघि बढाउनेमा आशावादी छु ।’ शनिबार साँझ काठमाडौंमा रहेका जुम्लाका दर्शकहरु सहित चलचित्र हेर्न पुगेका शाहीले खस भाषामा बनेकै कारण ‘प्रकाश’लाई शो नदिएर केही सुकिला मुकिलाहरुले जुम्लालाई हेपेको बताए । तर, आफुहरु समेत प्रतिकार पछि यतिबेला उच्च शो दिएको र प्राप्त सबै शोमा दर्शकहरुको उल्लेख्य उपस्थिति देख्दा खुशी लागेको उनले जनाए । आफु बिभिन्न हलहरुमा पुगेको भन्दै उनले ‘प्रकाश’को रेटिङ उच्च रहेको, दर्शकको प्रतिक्रिया राम्रो पाएको र बेलुकै सम्मका शोहरु हाउसफूल पाएको बताएका छन् । उनले चलचित्रको ब्यापार समेत उच्च रहेको भन्दै ‘प्रकाश’बाट बिदेशी चलचित्रले समेत सिक्नु पर्ने जनाएका छन् । बगेको नदि छेकिदैन भन्दै उनले अब कसैले पनि ‘प्रकाश’लाई पनि छेक्न नसक्ने जनाए । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४७
प्रतिक्रिया दिनुहोस्