Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–नेपाल राष्ट्र बैंकले सोमबारका लाति तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ०२ पैसा र बिक्री दर १२७ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा, सिंगापुर डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा, कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ २० पैसा र बिक्रीमा ३३९ रुपैयाँ ७९ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:३४
प्रतिक्रिया दिनुहोस्