नेभिगेशन
मनोरञ्जन

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं–युट्युब कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जातीय टिप्पणी गरेको आरोपमा पक्राउ परेका उनलाई प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद थप गरेका हुन् । सिंहले युट्युबमा नेवारी कला, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेपछि नेवार समुदायमा चौतर्फी विरोध भएको थियो । सिंहले भने क्षमा माग्दै उक्त भिडियो हटाइसकेका छन् । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा व्यवस्था रहेको सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुरअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ । यो कसुरमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजायको कानुनी प्रावधान छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन