Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि लागु हुनेगरी पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा प्रतिबन्ध लगाएको छ । प्रशासनले तीजको अवसर पारेर सार्वजनिक सूचनामार्फत यस्तो प्रतिबन्ध लगाएको हो । सूचनामा सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३०
प्रतिक्रिया दिनुहोस्