नेभिगेशन
जीवनयापन

कोहलपुरमा अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयको अवरोध

नेपालगञ्ज– बाँकेको कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयले अवरोध गरेका छन् । नगर प्रमुख पूर्णप्रसाद आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीलाई स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको छ । कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन नगर प्रमुख आचार्यसहितको टोली बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको ४ वटा टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा मुढा गरेपछि तनाव सिर्जना भएको हो । नगरप्रमुख आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले अतिक्रमित संरचना हटाइरहेको अवस्थामा स्थानीयले विरोध जनाएपछि अहिले स्थगित भएको जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै