नेभिगेशन
जीवनयापन

कपन साततलेबाट १४ ग्राम खैरो हेरोइन सहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–६ कपनस्थित साततलेबाट प्रहरीले खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका घर भएर कपन सरस्वतीनगर बस्ने ५० वर्षीय देवीप्रसाद सिवाकोटी छन् । आरोपीको साथबाट १४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । भदौ १० मा प्रहरी वृत कपनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि अदालतबाट ६ दिनको म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै