नेभिगेशन
जीवनयापन

पर्यटन मन्त्री श्रेष्ठसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुन सक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ बर्ष भइसकेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुई देश बीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए । दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको थियो । आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्व कप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उनीहरुबीच छलफल भयो । नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको राजदूत हैलले बताए। नेपाल९कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो । राजदूत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै