नेभिगेशन
जीवनयापन

आगामी निर्वाचनमा एमालेले एक्लै बहमुत ल्याउँछ : महासेठ

काठमाडौँ– नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिए । उनले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको तथा लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन आरोप लगाए । महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होईन ? भन्दै प्रश्न गरे । उनले गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै