नेभिगेशन
जीवनयापन

एमाले महासचिव पोखरेल भन्छन्– सत्ता गठबन्धनले चुनावमाएक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेकोछ

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको बताएका छन् । सोमबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा पोखरेलले एमालेसंग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्राउने तयारी भएको बताएका हुन् । उनले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिडेको तर्क गरे । त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गरे । आगामी निर्वाचनमा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको उनको भनाई छ । उनले नागरिकता बिधेयकका कतिपय बिषयहरु राष्ट्रियता बिरोधी रहेकाले आफुहरुको विरोध रहेको जिकिर गरे। पोखरेलले पार्टीले तय गरेको मापदण्डका आधारमा भाद्र २२ गते भित्रै प्रतिनिधिसभा र प्रदेशको उम्मेदवार चयन गरिसक्ने धारणा राखे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै