विस्तृत शान्ति सम्झौता विपरीत भइरहेका तर्क गम्भीर र आपत्तिजनक: प्रचण्ड
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता विपरीत भइरहेका तर्क गम्भीर र आपत्तिजनक रहेको बताएका छन् ।
उपत्यका विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत माओवादीलाई ठेगान लगाउनुपर्छ भन्ने ढंगले तर्क भइरहेको बताए।
उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि गरिएको तर्क गम्भीर ढंगले आएको बताए ।
अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई टुङ्गोमा पुग्न नदिने प्रयत्न भइरहेको बताए । उनले नागरिकता विधेयकलाई समेत चुनावी एजेन्डा बनाउन अनावश्यक प्रचार भइरहेको बताए।
उहाँले समग्रमा माओवादी केन्द्र बलियो अवस्थामा रहेको भन्दै दृढताका साथ निर्वाचनको तयारीमा लाग्न कार्यकताहरुलाई निर्देशन समेत दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०६
प्रतिक्रिया दिनुहोस्