नेभिगेशन
जीवनयापन

स्रोत नखुलेको साढे २४ लाखसहित रूपन्देहीबाट एक जना पक्राउ

बुटवल– रूपन्देही प्रहरीले स्रोत नखुलेको करिब साढे २४ लाख रूपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपलिका–१ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका–८ का २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ। अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले जाँच गर्दा शाक्यको साथबाट २४ लाख ४० हजार रुपैयाँ फेला परेको हाे। उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै