गगनको प्रशंसा गर्दै प्रदीपले भने, 'यो पुस्ताका आशालाग्दा नेता'
काठमाडौँ– नायक प्रदिप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अहिलेको पुस्ताले आशा लाग्दा नेता बताएका छन् ।
उनले ‘प्रकाश’ चलचित्र हेर्न आउने दर्शकहरुमा गगन थापा विशेष भएको बताएका हुन् ।
नेपाली कांग्रेसको महामन्त्री हुनु पहिला नै नेपालमा गगन थापालाई सबैले अपेक्षा गरेका नेताका रुपमा परिभाषित गर्दै आएका थिए । कांग्रेस महामन्त्री थापा नेपाली राजनीतिमा २०६२/६३ सालको जनआन्दोलनबाट उदायका नेता हुन् ।
नायक खड्का नेपाली चलचित्र उद्योगमा उदयमान व्यक्ति हुन् । उनका थुप्रै फिल्महरु मध्ये प्रकाश पनि एक हो । प्रकाशले हल नपाएको विषयमा केहीदिन अघि प्रदिपले पत्रकारसम्मेलन समेत गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नायक खड्काले भनेका छन्, ‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएका मध्ये एक जना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो।
हुन त म राजनीतिक मान्छे हुँदै हैन तर मलाई राजनीतिक विषय, देशको नेतृत्व लगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आम जीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिक बाट महसुस गर्न पाएँ।’
उनले यो पुस्ताका आशा लाग्दा नेताको रुपमा आफूले गगन थापालाई पाएको बताए । उनले अगाडि भनेका छन्‘नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबै भन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा – न्बनबल त्जबउब भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन।
सुखद संयोग, हिजो गगन दाईसँगको भेट जुर्यो। फिल्म हेरिसके पछि, दाईसँग समाज, राजनीति, सिनेमा लगायतका विषयमा छलफल भयो। दाईलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ।’
देशको नयकका व्यवस्ता परिवर्तन महसुस गर्न नयकका नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाईको परिवर्तन हाम्रै पालामा सम्भव छ! अबको नेतृत्वमा यस्तै नयकका जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना!
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२३
प्रतिक्रिया दिनुहोस्