नेभिगेशन
जीवनयापन

सन्दीपले ५ विकेट लिएसँगै केन्या १०१ रनमा सीमित

काठमाडौँ– केन्याले चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १०२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको घरेलु टोली केन्याले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन जोड्यो । केन्याको नैरोबीमा जारी खेलमा ब्याटिङतर्फ केन्याका लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने अर्का खेलाडी कोलिन्स ओबुयाले २० रन जोडे । नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ५, आदिल अन्सारीले २, सहहाब आलमले र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए । आजको खेल जितेमा ५ वटा टी–२० सिरिज १ खेल अगावै नेपालले जित्नेछ । जारी सिरिजमा नेपालले २ र केन्याले १ खेल जितेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै