बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँग शान्ति सुरक्षा सम्बन्धमा छलफल
बर्दिबास– चाडवाड नजिकिँदै गर्दा महोत्तरीको बर्दिबासस्थित बैङ्क तथा वित्तीय संस्थाका शाखा प्रमुख तथा प्रतिनिधिसँग प्रहरीले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन छलफल गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी नायव उपरीक्षक रवी रावलले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग शान्ति सुरक्षा सम्बन्धमा सुधार गर्नु पर्ने उपायहरूको बारेमा अन्तरक्रिया गर्नु भएको छ ।
बर्दिबासका दर्जनौँ बैङ्क तथा वित्तीय संस्थाका शाखा तथा प्रदेश कार्यालयहरू छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बैङ्क तथा वित्तीय संस्थाका शाखा प्रबन्धक/प्रतिनिधिहरू सँग छलफल गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:३३
प्रतिक्रिया दिनुहोस्