Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो रह्यो विश्व हिन्दु युवा संघको दर कार्यक्रम (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले पशुपति क्षेत्रमा दर खाने कार्यक्रमको आयोजना गरेको छ।   धार्मिक परम्परा तथा संस्कृति लोप हुनबाट रोक्न र हिन्दु धर्म भित्रको एक परम्परा अनि संस्कृति भित्रपर्ने विशेष महिलाहरूको चाडको शुभकामना आदानप्रदान यो कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।   पशुपतिको प्राङ्गणमा गरिएको यस कार्यक्रममा चेलीबेटीको लागी विशेष परिकार खान दिएर मनोरञ्जनसमेत हुने गरि नाचगानको समेत आयोजना गरिएको छ। हिन्दु धर्मावलम्बी महिलाहरूको महान चाड तीजको अघिल्लो दिन दर खाने गरिन्छ।  बुबाको मुख दिन अर्थात् कुशे औशीको पर्सि पल्ट आउने यस चाडमा विवाहित चेलीबेटी माइती आउने गर्दछ र हरितालिका तीज मानेर फर्किने गर्दछ।  धार्मिक मान्यता अनुसार यो चाड विशेष विवाहित महिलाहरूको लागि विशेष मानिन्छ।  श्रीमानको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै निर्जला व्रत बस्ने गरिन्छ।  आज विशेष तीज व्रतको अघिल्लो दिन दर खाने दिन। आज माइतमा गएर आमा भाउजूले पाकेको मिठो मिठो परिकार खाएर भोलि पल्ट तीजमा श्रीमानको लामाे आयुको साथै सुस्वास्थ्य तथा दीर्घायुको कामना गरिन्छ।   भोलि अर्थात् तीजको विशेष गरि भगवान शिवको आराधना गरिन्छ र विवाहितले श्रीमानको दीर्घायुको कामना र अविवाहिता नारीले भविष्यमा असल स‌स्कारी जीवन साथीको माग राख्दै शिवको आराधना गरिने भनाइ समेत रहेको छ।   हिजो आज दर पनि हप्तौँ अघि देखि नै खाने र खुवाउने चलन बजारमा भित्रिएको छ।  दर खाने र रमाइलो गर्ने माहोल बनाउँदै चेलीबेटी रमाउने गर्दछ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्