नेभिगेशन
जीवनयापन

बुहारीको कुटाइबाट ससुराको मृत्यु

सिन्धुपाल्चोक– बुहारीको कुटाइबाट ८० वर्षका ससुराको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका १ स्थित गोवागाङ बस्ने ८० वर्षका कामीढिण्डु लामाको आफ्नै २३ वर्षकी बुहारी रिता तामाङको कुटाइबाट मृत्यु भएको हो । आइतबार रिताले घरायसी विषयमा वादविवाद हुँदा हानेको काठको चिर्पटले टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते लामाको सोमबार बिहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए । कुटपिट गर्ने बुहारी रिता तामाङ हाल प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी बुढाथोकीको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै