Nic Ad Nic Ad
Nic Ad Nic Ad

४१ प्रतिशत जनतामा पुग्यो बीमाको पहुँच

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– बीमा समितिले नेपालमा बीमाको दायरा विस्तार भई ४१ प्रतिशत जनतासम्म बीमाको पहुँच पुगेको जनाएको छ । सोमवार काठमाडौँमा आयोजित समसामयिक विषयको पत्रकार सम्मेलनमा समितिले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कुल निर्जीवन बीमालेख २ प्रतिशतले र कुल बीमा शुल्क सङ्कलन १६ प्रतिशत भन्दा बढीले वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३।६६ प्रतिशत र कुल बीमा शुल्क आर्जन १ खर्ब ७७ अर्ब पुगेको पनि समितिले जनाएको छ । पत्रकार सम्मेलनमा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कुल बीमाको दायरामा रहेको जनसङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको पनि लघु बीमाको हिस्सा न्यून रहेको बताए । उनले काठमाडौँ उपत्यका बाहिर लघु बीमाको कार्यालय रहने गरी सात प्रदेशमा एक–एक वटा लघु बीमा कम्पनी स्थापना गर्न सूचना प्रकाशन गरिसकिएको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:३३
प्रतिक्रिया दिनुहोस्