Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फालाई सात हजार डलर जरिवाना

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ– एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले एसिया कप छनोटका क्रममा आचार–संंहिता उल्लंघन गरेको भन्दै नेपाललाई जरिवाना तिराउने भएको छ । एएफसीले दुई फरक नियम उल्लंघनको आरोपमा नेपाललाई ७ हजार डलर जरिवाना तिराउने निर्णय गरेको हो । एएफसीको गत साता बसेको अनुशासन र आचार(संहिता कमिटीको बैठकले यस्तो निर्णय गरेको आज विज्ञप्तिमार्फत् सार्वजनिक भएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ कार्यसमितिसँग काम गर्न इच्छुक एसिया कप छनोटको तेस्रो चरणमा इण्डोनेसियासँगको खेलअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी ड्रेसिङ रुपमा प्रवेश गरेको बताईएको छ । इण्डोनेसियासँगको खेलअघि कुवेत र जोर्डनविरुद्धको खेलमा पहेँलो कार्ड पाएको अलमुताईरी त्यो खेलका लागि निलम्बित थिए । अलमुताइरीले प्रतियोगिता नियमावलीको धारा २१ दशमलव १ उल्लंघन गरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ हजार डलर जरिवाना तिर्नुपर्ने छ । त्यस्तै, सोही खेलको पहिलो हाफ सुरु गर्न ढिलाइ गरेको भन्दै थप १ हजार डलर जरिवाना तोकिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्