नेभिगेशन
जीवनयापन

चुट्किला

तँ पारेर देखा त श्याम र राम स्कुल जाँदा बाटोमा गफ गर्दै— श्यामः अँ, हिजो मैले अनौठो कुरा देखेँ नि । रामः के हो त्यस्तो अनौठो कुरा ? श्यामः मैले हिजो कुखुराले अण्डा पारेको देखेँ नि । रामः यस्तो सानो कुरा पनि सुनाउने हो ? श्यामः के को सानो कुरा ? सक्छस भने तँ पारेर देखा त । अरब पछि इजरायल एउटा विद्यार्थीलाई शिक्षिकाले संख्या गन्न सिकाइरहेकी थिइन् । शिक्षिकाः भन त रमेश एकपछि १०, १० पछि सय, यस्तै क्रमले हजार, १० हजार, लाख, १ लाख, करोड, अरब आउँछ भने त्यो भन्दा पछि के आउँछ ? रमेशः अरब पछि इजरायल आउँछ मिस । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै