नेभिगेशन
जीवनयापन

उपभोक्ता जिन्दगीभरको लागि बनाउनुहोस्

कारोबारमा यो साधारण कुरा हो, पहिलो पटक कुनै उपभोक्ताको विश्वास जित्न र फेरि त्यसलाई कायम राख्नका लागि धेरै मेहनत गर्नुपर्छ । हुन त एकपटक सम्बन्ध कायम भएपछि उपभोक्तालाई आफ्नो पक्का ग्राहक मानेर त्यो व्यापारीले नयाँ उपभोक्तासँग सम्बन्धको खोजीमा निस्कन्छ, जो अझै पक्का भएको छैन । फेरि छ महिनापछि व्यापारीलाई के कुरा थाहा पाएर हैरानी हुन्छ भने उसको पुरानो उपभोक्ता उसको प्रतिद्वन्द्वीकोमा गएको छ । एक व्यापारी भएको नाताले उपभोक्तासँग सम्बन्ध एक यस्तो धन हो, जसलाई तपाईं आफ्नो क्यारियरको समयमा विकसित गर्नुहुन्छ र फेरि कायम राख्नुहुन्छ । एक पटक तपाईंले कुनै उपभोक्तासँग सम्बन्ध बनाउनको लागि समय र ऊर्जाको निवेश गरिदिनुभयो भने फेरि तपाईंको लागि जरुरी हुन्छ, तपाईं एक योजना बनाएर त्यो सम्बन्ध कायम राख्ने पूरा प्रयास गर्नुस् । तपाईं यो सुनिश्चित गर्नुस्, तपाईं त्यही काम गरिरहनु भएको छ, जुन त्यो सम्बन्ध जीवित राख्न र फुलाउनको लागि जरुरी छ । साभारः ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै