नेभिगेशन
जीवनयापन

जीवन सफल बनाउन लक्ष्य चाहिन्छ

जीवनमा लक्ष्यको धेरै महत्व हुन्छ । जीवनमा लक्ष्य लिनुपर्छ, बाटो आफैं देखापर्न थाल्छ । उसको जीवनशैली उस्तै बन्न थाल्छ । लक्ष्य एउटा विन्दु हो, जसलाई केन्द्र बनाएर जीवनका सबै गतिविधि लक्ष्यको वरिपरि घुम्न थाल्छ । कुनै व्यक्तिले धन कमाउनु नै जीवनको लक्ष्य बनाएको छ भने उसले के गरेर धन प्राप्त हुन्छ, त्यसैमा ध्यान लगाइरहेको हुन्छ । अनि दिनरात त्यसैमा प्रयासरत रहन्छ । फुटबल खेलमा विपक्षीको गोल पोष्टमा बल छिराउने लक्ष्य लिनुपर्छ । लक्ष्यअनुरुप बल लिएर अगाडि बढ्दा विपक्षी खेलाडीले बल खोस्न आउँछन् । आफ्नो लक्ष्य पूरा गर्न खेलाडी–खेलाडीबीच बल खोसाखोस गर्नुपर्ने हुन्छ । यसरी खेल खेलुञ्जेलसम्म विपक्षीको गोल पोष्टमा बल छिराउने लक्ष्य लिइरहेकै हुनुपर्छ, अनि मात्र गोल गर्न सकिन्छ । त्यसरी नै जीवनमा सफलता हासिल गर्न सबैले लक्ष्य लिनैपर्छ । विपक्षी विना एक्लै गोल पोष्टमा बल छिराउँदै बल खेल्नु र लक्ष्य विहीन जीवन जिउनु उस्तै उस्तै हुन् । त्यसैले आजदेखि लोकप्रिय हुने लक्ष्य लिउँ, लोकप्रिय बनौं । सुस्तरी होइन ठूलो स्वरले अनि लुरुक्क नपरी जोसिएर, पाँचचोटि भन्नुहोस्ः म लोकप्रिय बन्छु । साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै