नेभिगेशन
जीवनयापन

अपव्ययको अर्थः एक प्रेरक प्रसङ्ग

एक पटक कुनै आवश्यक विषयमा छलफलको लागि एउटा सार्वजनिक संस्थाका दुई सदस्य गान्धी भएको ठाउँ वर्धा पुगे । गान्धीलाई उनीहरुसँग कुरा गरेपछि थाहा भयो उनीहरुमध्ये एकमात्र मानिस उनलाई भेट्न आएको भए पनि काम चल्थ्यो । गान्धीले उनीहरुमध्ये एकलाई तुरुन्त फर्केर जाने सल्लाह दिँदै भने, ‘जनताको धन कसरी खर्च गर्नुपर्छ कि एक पैसा पनि अपव्यय नहोस् ।’ यो कुरा सुनेर अर्काेले भने, ‘बापू अब आई नै सकेको छु भने किन यहाँ नबस्ने । हामी दुवै सँगसँगै फर्किनेछौं । खर्च त उति नै हुन्छ ।’ यो सुनेर गान्धीले भने, ‘अपव्ययको अर्थ केवल धन हैन । समयको पनि अपव्यय गरिनु हुँदैन । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै