Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको मुद्रा विनिमयदर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ । पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०।१६ पैसा कम रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा र युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेकोमा आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा १२८ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०४ पैसा छ भने क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा छ । त्यस्तै, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा भने कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १० पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:३३
प्रतिक्रिया दिनुहोस्