पशुपतिनाथमा तीज रौनक (तस्वीरहरु)
काठमाडौं– हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। विशेषत राजधानीको प्रमुख धार्मिक क्षेत्र पशुपतिनाथमा बिहानैदेखि श्रद्धालु र व्रतालु महिलाहरुको भीड लागेको छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ। पशुपतिनाथका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ । बिहान मूल मन्दिर प्राङ्गणमा मात्र वर्तालु लाममा बसेका छन् ।
पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:०७
प्रतिक्रिया दिनुहोस्