Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपियो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ-  बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ १२ गते एकैदिन बैंकिङ ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । गत भदौ ११ गतेसम्म कुल निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँ थियो । भदौ १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँ थियो । वाणिज्य बैंकहरुको निक्षेप एकदिनमै ८ अर्ब रुपैयाँले बढेको छ । भदौ १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । गत भदौ ११ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ १२ गतेसम्म घटेर ४७ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ । यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ । गत भदौ ११ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो । निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियोमा सुधार आएको छ । गत भदौ ११ गतेसम्म औसत सीडी रेसियो ८८.३९ प्रतिशत रहेकोमा भदौ १२ गतेसम्म घटेर ८८.२५ प्रतिशतमा झरेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:०४
प्रतिक्रिया दिनुहोस्