Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमलादी गणेशस्थानमा गणेश चतुर्थी व्रत पर्व (तस्वीरहरु)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका भगवान् गणेशको काठमाडौंंको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा आराधना गरी गणेश चतुर्थी व्रत पर्व आज मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३२
प्रतिक्रिया दिनुहोस्