Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधव नेपाल भन्छन्– नेकपा एसलाई फाइदा हुने भएमात्रै गठबन्धन हुन्छ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको चूनाव केन्द्रीत महाकाली मेची अभियान बुधबारबाट सुरु भएको छ । भादै २४ गतेसम्म चल्ने अभियानको पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष माधव नेपालले नेपालको झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको समाजवादीले जनाएको छ । अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष नेपालले स्थानीय तहमा दिएको मतका लागि जनतालाई धन्यवाद दिनुपर्ने र आगामी निर्वाचनमा पनि साथ दिन आग्रह गरे । उनले सिट बाँडफाँटमा तहमाथि भए मान्य नहुने स्पष्ट पारे । फाइदा हुने भएमात्रै गठबन्धन हुने भन्दै फाइदा नभए कसैको भ¥याङमात्र नहुने उनको भनाई छ । भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिस्कार भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्