Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता घट्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औँ स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी(ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टी(ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एक दिवसीयमा नेपाल १९ औँ स्थानमा रहेको छ। टी(ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । यस्तै दक्षिण अफ्रिका चौथो, न्युजिल्याण्ड पाँचौँ, अस्ट्रेलिया छैटौँ, वेस्ट इन्डिज सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्