नेभिगेशन
सिएन ग्यालरी

ऋषेश्वरमा ऋषि पञ्चमी (तस्वीरहरु)

काठमाडौं–आज ऋषि पञ्चमी अर्थात् महिलाहरुको महान चाड हरितालिका पछिको अर्को महान दिन। आजका दिन काठमाडौँ टेकुको ऋषेश्वर मन्दिरलगायत देशभरिका विभिन्न ऋषि आश्रमहरूमा विशेष घूँइचो लाग्ने गर्दछ । यस दिन नारीहरूले आफ्नो सौभाग्यका सूचक सिन्दूर पोते अनि चुरा धागोहरू चढाउने चलन पनि छ । आज नारीहरुले सप्तऋषिको पुजा आजा गर्ने बिशेष दिन । आजको दिन इतिहास हजारौँ वर्ष पुरानो दिन हो र आज बिशेष गरि महिनावारी भैसकेको महिलाहरुले मनाउने दिन हो। आजको दिन महिनाबारी भैसकेका महिलाहरुले महिनावारी हुँदा भुलचुक आफूबाट कुनै गल्ती र अमर्यादित क्रियाकलाप भयो कि भनेर ती कुराहरुको शुद्दाशुद्दीको लागि पुजाअर्चना गर्ने दिन हो। नारीलाई रजस्वलाको दिनहरूलाई चारवटा देवीहरू अनुरूप तुलना गर्ने चलन रहेको छ भने प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन रहेको छ । आजको दिन नारीहरूले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी गुणयुक्त वनस्पतिको प्रयोग गरेर बिहान आफ्नो नित्यकर्म सकाएपछि दाँत माँज्ने र चपाउने गर्दछन्। उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोलानाला तथा तालतलैयामा गएर स्नान गर्ने गर्दछन् । स्नान गरिसकेपछि पञ्च भाग्य अर्थात् दूध, दही, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाँडोमा राखिएको कुराको एक वा दुई थोपा सेवन गर्ने सनातन चलन पनि चली आएको छ । पञ्च भाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, आरती, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा र आव्हान गर्ने गरिन्छ । टेकुको मन्दिरमा मध्यरात १२ बजेदेखी भक्तालु आएको जानकारी त्यहाका स्वयम्सेवकले दिए ।
प्रतिक्रिया दिनुहोस्