Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानलाई एसियाली विकास बैंकले ३० लाख अमेरिकी डलर अनुदान सहयोग दिने

बुधबार, मंसिर ७, २०७९

एसियाली विकास बैंकले पाकिस्तानलाई ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ । पाकिस्तानमा आएको विनाशकारी बाढीको बीचमा, एसियाली विकास बैंक (एडीबी) ले बुधबार पाकिस्तानको आपतकालीन राहत प्रयासहरूलाई सहयोग गर्न ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको एएनआई न्युजले जनाएको छ ।

एडीबीको प्रेस विज्ञप्तीका अनुसार एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्ड (एपीडीआरएफ) बाट प्राप्त भएको उक्त अनुदानले देशभरका बाढीपीडितलाई सहयोग गर्न खाद्यान्न आपूर्ति, टेन्ट र अन्य राहत सामग्री तत्काल खरिद गर्न सहयोग गर्ने उल्लेख छ । यता, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार पाकिस्तानमा ६४ लाख भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो छ ।

बाढीबाट ३ करोड भन्दा बढी मानिसहरू प्रभावित भएको अनुमान गरिएको छ, जसमा १ हजार भन्दा बढीको मृत्यु र १५ सय घाइते भएका छन् । विज्ञप्ति अनुसार हाल करिब ५० हजार मानिस राहत शिविरमा छन् ।

भारी वर्षाका कारण पाकिस्तानभर बाढी, पहिरो र हिमताल विस्फोट भएको छ । जुलाईमा, देशमा औसत वार्षिक मनसुनको ६० प्रतिशतभन्दा बढी वर्षा मात्र तीन हप्तामा भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५९
प्रतिक्रिया दिनुहोस्