Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिगेसो सिंगापुर गोर्खाज् विभागद्वारा सिंगापुर आर्मीमा विभेद भएको भन्दै माइतीघरमा प्रदर्शन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– ब्रिटिश गोर्खा आर्मी एक्स–सर्भिसम्यान अर्गनाइजेशन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले सिंगापुरमा भर्ति भएका गोर्खा आर्मीको तलब र सेवा सुविधामा भएको विभेदलाई लिएर आज माइतीघरमा बिरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सिंगापुरमा जन्मिएका गोर्खाका छोराछोरीहरुलाई जन्म सिद्ध अधिकार, सिंगापुर गोर्खा विधुवाहरुलाई पेन्सन र अन्य सुविधा, र नेपाल सरकार आफ्नो नागरिकहरु (सिंगापुर गोर्खाहरु) को विषयमा मौन रहेको विषय र अन्तर्राष्ट्रिय मानव अधिकारको कदर, मानव बेचबिखन बन्द गर्नुपर्ने माग राखेका थिए । यस्तै, सिंगापुरमा कार्यरत गोर्खाहरुको परिवारले पनि आफ्नो योग्यता अनुसार त्यही काम गर्न दिइयोस् र १९४७ को असमान र विभेदकारी त्रिपक्षिय सन्धि खारेज गर पनि उनीहरुले माग गरेका थिए। कार्यक्रममा बिगेसो को अध्यक्ष पदम सुन्दर लिम्बुको र सदस्य ज्ञान बहादुर गुरुङको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्