नेप्से झिनो अंकले घट्याे
काठमाडाैँ–बिहिबार पनि शेयर बजार झिनो अंकले घट्न पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २१.९७ अंक घटेर १९७३.३८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १.०८ अंकले घटेर १९७२.२९ को विन्दुमा कायम भएको छ ।
हिजो तुलनामा भने कारोबार रकम केही बढेको छ । आज ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३८ करोड ३४ लाख रुपैंया बढीको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब १२ करोडमाथिको कारोबार भएको थियो ।
नेप्से ओरालो लागेपनि यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ३७ रुपैयाँ बढेर ४०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने महुली लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १० प्रतिशत शेयरमूल्य बढेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.९२ प्रतिशत घटेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:०३
प्रतिक्रिया दिनुहोस्