माइतीघरबाट सरकारले नसुनेपछि मिटरब्याज पीडित बालुवाटार पुगे (तस्वीरहरु)
काठमाडौँ–विगत १ महिनादेखि माइतीघर मण्डलामा धर्ना बसेका मिटर ब्याज पीडितहरु बालुवाटर पुगेका छन् । माइतीघर मण्डलामा बस्दा आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै जनप्रदर्शन गर्दै बालुवाटार पुगका हुन् । उनीहरु बालुवाटार पुगेर धर्नासमेत बसेका थिए ।
मिटर ब्याज तथा ठगी बिरुद्ध किसान–मजदुर संघर्ष समितिले दृष्टि बन्धक खारेज गर, छिनवा पास फिर्ता गर, जाली तमसुक मान्दैनौं लगायतका माग राखेर विशाल जनप्रदर्शन गरेको हो ।
मानवअधिकार कर्मी खगेन्द्र संग्रौलाले उनीहरुको आन्दोलनलाई एकरुपता जनाएका छन् । माइतीघर मण्डलामा ३० दिनसम्म धर्ना बस्दा पनि सरकारले कुरै नसुनेको उनीहरुको आरोप छ ।
यसअघि १७ दिनसम्म आन्दोलन गरेपछि गृहमन्त्रालयको आश्वासनमा न्याय पाउने अपेक्षा राख्दै घर फिर्ता भएका उनीहरु १ महिनापछि पुनः काठमाडौँको माइतीघर पुगेको ब्याज पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता बताउँछन् ।
तर, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले भने २५ जनाको मुद्दा परेको र जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा २० वटा मिलाएको बताउँछन् । ५ वटा मुद्दाहरु प्रमाण नपुगेको र अदालतमा विचाराधीन भएकाले मिलाउन नमिलेको उनको भनाइ छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:२८
प्रतिक्रिया दिनुहोस्