Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुढीगंगा जलविद्युत आयोजनाको सुरुङ खन्ने ठेक्का रद्द

बिहीबार, मंसिर ८, २०७९
अछाम । बुढीगंगा जलविद्युत आयोजनाले आह्वान गरेको ठेक्का रद्द भएको छ। आयोजनाले मुख्य काम सुरुङ खन्ने र पावर हाउस निमार्ण गर्ने कार्यको लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको थियो । आयोजनाले छनोट गरेका कम्पनीहरूले लागत भन्दा बढीमा हाल्दा ठेक्का रद्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर हरि बहादुर खत्रीले बताए । ठेक्का रद्द भएपछि पुनः ठेक्का खोल्ने तयारीमा आयोजना लागेको इन्जिनियर खत्रीले बताए । अछाममा आम निर्वाचनको बेला बुढीगंगा नदीमा बन्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको नाममा चुनावी नारा बन्ने गरेको गरेको छ । २०५२ सालदेखि नै अध्ययन सुरु भएको जलविद्युत आयोजना बि।स २०८० सालमा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । आयोजनाले आह्वान गरेको ठेक्का रद्द हुँदा निर्माणमा अझै ढिलाइ हुने देखिएको छ । आयोजनाले आवश्यक जग्गा अधिकरण र मुआब्जा वितरण, प्रशासनिक भवन र पावर हावस सम्म जाने सडक भने निमार्ण सम्पन्न गरिसकेको छ । साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने गरि अगाडि बढाइएको आयोजना नेपाल सरकार, ऊर्जा मन्त्रालय विद्युत् विकास विभागको यो पहिलो जलविद्युत आयोजना हो । बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कैलालीको पहलमानपुर सब स्टेसनमा जोडिनेछ । तर अछामको विकासको लागि मेरुदण्ड मानिएको आयोजना सरकारी स्तरबाट हुने बेवास्ता र अछामबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरूको उदासीनताका कारण २७ वर्षदेखि  अन्योलमा परिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:३६
प्रतिक्रिया दिनुहोस्