जिमखानाको नयाँ परिभाषा ‘दी जिम’ (तस्वीरसहित)
काठमाडौँ– पछिल्लो समय पुरुष तथा महिला शारीरिक तन्दुरुस्तीको लागि जिमखाना जाने कुरा नयाँ होइन् ।
यस्तैमा नयाँ प्रविधि सहित ‘स्टेट अफ आर्ट टेक्नोलोजी अवलम्बन गर्दै टोखामा रहेको दी जिमले ग्राहक पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गर्दै आएको छ ।
यस जिमखानामा सबै नयाँ प्रविधि युक्त जिमका सामग्री रहेको छन् ।
त्यस्तै, ग्राहकको सुविधाको लागि क्याफे हाता भित्र नै डाइट तथा अन्य खानाको लागि क्याफे पनि सञ्चालन रहेको छ ।
विदेशमा देखेको र सिकेको सीपलाई देखेर काठमाडौँमा अम्मर क्षेत्री, विवेक लम्साल र उमेश अधिकारीले दी जिम खोलेको हुन् ।
यहाँ जिमको साथै, साउना, कार्डियो, एरोबिक, जुम्बा लगायतका सेवा लिन सकिन्छ । कम्पनीले बिहान साढे ५ बजे देखि बेलुका साढे नौँ बजेसम्म सेवा प्रदान गर्दै गएको छ ।
यस्तै, कसैलाई निजी प्रशिक्षक चाहिने छ भने त्यो पनि व्यवस्था गरिने दी जिमले जनाएको छ ।
दी जिम २०१९ मा खुलेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्