Nic Ad Nic Ad
Nic Ad Nic Ad

रहेनन् कला निर्देशक जुँगे भट्टराई

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–नेपाली फिल्मका कला निर्देशक उद्धव भट्टराईको निधन भएको छ । फिल्मकर्मीमाझ जुँगे भट्टराईका रुपमा चिनिएका उनको चितवनमा निधन भएको हो । ६६ वर्षीय भट्टराईको बैतडीबाट काठमाडौं आउने क्रममा चितवनमा आफू सवार बसमै निधन भएको परिवारले जनाएका छन् । जुँगेले २०३९ सालमा प्राविधिकका रुपमा नेपाली फिल्म ‘सन्तान’बाट पाइला चालेका थिए । उनले मुनामदन, भानुभक्त, राजमति, लर्डबुध्द, बुद्धको पाइला, प्रेमपिण्ड, श्री स्वस्थानी, कीर्तिपुर, नेपालको राजपरम्परा, पृथ्वीनारायण, सेतोबाघ, जय बाबा पशुपतिनाथलगायतका फिल्ममा भेषभुषा व्यवस्थापनको काम गरेका थिए । हिन्दी, अंग्रेजी, पाकिस्तानी, बंगलादेशी नेपाली गरी उनले सयवटा भन्दा बढी चलचित्रमा ड्रेसम्यानको काम गरे । उनले चैतुवा काफल र हितको कली नामक दुईवटा डेउडा गीतका एल्बमसमेत बजारमा ल्याएका छन् । नेपाल चलचित्र प्राविधिक संघले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिँदैछ । उनको आजै अन्त्येष्टि हुनेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्