नेभिगेशन
सिएन ग्यालरी

यसरी गरिदैँछ इन्द्रजात्राकाे तयारी (तस्वीरहरु)

काठमाडौँ– राजधानीमा इन्द्रजात्राको रौनक शुरु भएको छ। काठमाडौँको मुटु हनुमानढोका परिसर यतिबेला निकै सुन्दर देखिएको छ। हरेक वर्ष मनाइने यस जात्रा ७ औ दिनसम्म चल्ने गर्दछ। हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यस जात्रालाइ स्वर्गका राजालाई काठमाडौंवासीले दिएको सजायको चिनिने गर्दछ।   भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीका दिनसम्म मनाइने येँया पुन्ही अर्थात् इन्द्र जात्राको लागी यतिबेला हनुमानढोका परिसरका मठमन्दिरहरु सजाउने कार्य भैरहेको छ। यतिबेला मन्दिरको वरिपरि राखिएका रातो रंगको कपडाका गुच्छाहरु फेरिदै छ भने भवनहरुमा रंग समेत रंगाईरहेको छ। जात्रामा रथमा राखेर जीवित देउताको मानिने कुमारी ,गणेश र भैरबलाई उपत्यका भ्रमण गराइन्छ भने अहिले त्यी रथहरुमा दरबार परिसरमा निकालेर सफा गर्ने तथा तयार गर्ने अवस्थामा रहेको छ।   
प्रतिक्रिया दिनुहोस्