नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रियकरण गर्नुपर्छः सञ्चार मन्त्री कार्की
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल चलचित्र निर्माता संघका १६ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरु रोजगारका लागि बिभिन्न देशमा रहेको भन्दै नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि बिकास गर्नुपर्ने बताएका हुन् ।
विदेशमा रहेका नेपालीहरुलाई पनि सहज रुपमा नेपाली चलचित्र हेर्न सक्ने गरि काम गर्नुपर्ने उहाको सुझाव छ । त्यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरु बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै बनाई विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गरे ।
कार्यक्रममा बिभिन्न व्यीक्तहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५९
प्रतिक्रिया दिनुहोस्