नेभिगेशन
जीवनयापन

भारतमा बस दुर्घटनामा ज्यान गुमाएका चार मध्ये तीन जना नेपालीको परिचय खुल्यो

पटना– भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । ट्रकले बसलाई ठक्कर दिँदा अरू २४ जना घाइते भएका छन् । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको ुद टाइम्स अफ इन्डिया ले जनाएको छ । ज्यान गुमाउनेमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रेम थारु र शीतल थारु तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर वली रहेका छन् । मृतक एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये १४ जना नेपाली रहेका छन् । उनीहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोवा जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर परिवर्तन गर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै द टाइम्स अफ इन्डिया ले जनाएको छ । बसमा झन्डै एक सय ५० जना यात्रु रहेकोमा ६० जनाभन्दा धेरै नेपाली कामदार थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै