नेभिगेशन
जीवनयापन

वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारबाट डा लम्साल सम्मानित

लालबन्दी– कवि तथा गीतकार डा नवराज लम्सालको अग्नि महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार– २०७९ प्राप्त गरेको छ । लालबन्दी नगर वाङमय परिषद्ले आज पुरस्कार समर्पण तथा पुस्तक विमोचन कार्यक्रमको आयोजना गरी डा लम्साललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको हो । स्वतन्त्र विज्ञहरू सहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट १० कृतिहरू मध्येबाट डा। नवराज लम्सालको कृत ‘अग्नि महाकाव्य’लाई पुरस्कारका लागि छनौट गरेको थियो । पुरस्कारका लागि अग्निलाई योग्य ठानेर पुरस्कृत गरेको भन्दै डा लम्सालले परिषद्लाई धन्यवाद दिएका छन्। उनले आफूले सन्तुष्टिका लागि लेखेको भए पनि आफ्ना अनुभव र भोगाइले पुरस्कार पाउँदा खुशि लागेको बताए । त्यस्तै, परिषद्ले स्थानी प्रतिभा सम्मानबाट सञ्चारकर्मी क्षितिज विश्वकर्मा सम्मानित गरेको छ। परिषद्ले पत्रकारिताबाट साहित्यमा दिएको योगदानको कदर गर्दै उहाँलाई नगद १० हजारसहित सम्मान पत्र प्रदान गरेको छ । परिषद्का प्रमुख संरक्षक एवम् लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीको अध्यक्षता तथा डा लम्सालकै प्रमुख आतिथ्यतामा लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा भएको सम्मान समारोह परिषद्ले प्रकाशन गरेको साहित्यकार परिचय तथा स्वतन्त्र रचना नामक पुस्तक विमोचन समेत गरिएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै